जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन

रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेका छन् ।लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

भाटभटेनी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनातालाई जुठो पर्‍यो, सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरिएको छ ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरुले लगाएका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका