काठमाडौं। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।
सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ। यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमै मूल्य आकासिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले बताए।
यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको छ।