जोडिनुहोस
  • होमपेज
  • स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् ।

उनको आगमनले एनपीएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहने रोयल्यले जनाएको छ । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–ट्वेन्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी–ट्वेन्टी आईमा डेब्यू गरेका हुन् ।

उनी स्कटल्यान्डको ओडीआई टोलीको पनि सदस्य हुन् । २२ ओडीआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ। दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि सुरु हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका