जोडिनुहोस
  • होमपेज
  • कलंकीको गेस्ट हाउसमा युवती मृत फेला

कलंकीको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौँ । काठमाडौँको कलङ्की स्थित गण्डकी गेस्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् ।

मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’

असोज ५ मा साँझ उनी सो गेस्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका