जोडिनुहोस
  • होमपेज
  • ठगी र संगठित अपराधमा पक्राउ परेका छवि र रविलाई आज म्याद थपका लागि अदालत लगिँदै

ठगी र संगठित अपराधमा पक्राउ परेका छवि र रविलाई आज म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका पूर्वसञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लगिँदै छ ।

लामिछाने सँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । बुधबार सम्म लामिछाने सँगको बयान सकिएको छैन । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा परेको छ ।

कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान लिपिबद्ध भइसकेको छैन । पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौं बाट पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार नै अदालत लगिँदै छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका