जोडिनुहोस
  • होमपेज
  • स्वर्णिमको प्रश्न– रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ?

स्वर्णिमको प्रश्न– रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि अदालतले पनि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

सहकारी प्रकरणमा हिरासतमा रहेका लामिछानेको बयान लम्बिएपछि रास्वपाले यस्तो आरोप लगाएको हो । रास्वपाले पोखरामा पत्रकार सम्मेलन गर्दै बयान लिन आलटाल गरिरहेको भन्दै आक्रोश व्यक्त गरेको हो ।

रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिएको बताए । उनले अदालतले समेत आलटाल गर्ने कुराले लामिछानेमाथि प्रतिशोध नै साँधिएको पुष्टि भएको बताए ।

उनले रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ? भन्दै प्रश्न समेत गरे ।

‘सभापतिलाई १२५ घण्टादेखि हिरासतमा राखिएको छ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ,’ उनले भने, बयान लिन आलटाल गर्ने, ‘के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका