जोडिनुहोस
  • होमपेज
  • तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला भित्रियो

तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला भित्रियो

काठमाडौँ । तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका फूलमाला आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

उक्त फूलमाला आयात हुँदा ९ लाख २३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यता काठमाडौँ महानगरले सूचना जारी गर्दै महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरणमा निषेध गरेको छ । तर भन्सारबाट निर्वाध रूपमा नै प्लास्टिकका फूलमाला आयात भइरहेको देखिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका