जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं। काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो।

उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका