जोडिनुहोस
  • होमपेज
  • स्पेनका राजा फिलिपको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने निर्णय ‘गलत’ भएको नेताहरूको टिप्पणी

स्पेनका राजा फिलिपको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने निर्णय ‘गलत’ भएको नेताहरूको टिप्पणी

काठमाडौं। स्पेनको बाढी प्रभावित भ्यालेन्सिया क्षेत्रको भ्रमण गरेका राजा फिलिपले आम नागरिकको चर्को विरोधको सामना गर्नु परेको छ । आम नागरिकले उनीहरूमाथि माटो हाने र ‘आउन ढिलो गरेको ’ भने ।

यसपछि भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताए ।

बोर्डेराले बीबीसीलाई भने – अधिकारीहरूले “कुनै पनि चेतावनी सुनेनन्,” राष्ट्रिय सरकारको प्रतिक्रिया पनि “संदिग्ध छ।”

उनले भने, ‘जनताहरु आक्रोशित हुनु स्वभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु स्वभाविक हो ।’

स्पेनका राजा फिलिपलाई भ्यालेन्सियाको भग्नावशेषले भरिएको सडकबाट हिँड्दा आक्रोशित मानिसहरू र स्वयंसेवकहरूले नारा लगाएर र माटो फ्याँकेर स्वागत गरे।

राजा फिलिपको भ्रमण यस्तो समयमा आएको हो जब भ्यालेन्सियाको प्रान्तीय सरकार भारी वर्षा र परिणामस्वरूप बाढीको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ।

बेपत्ताको संख्याबारे सोधिएको प्रश्नको जवाफमा स्पेनका मन्त्री एन्जल भिक्टर टोरेसले अहिले नै भन्न गाह्रो भएको बताए ।

“हामीले यी तथ्याङ्कहरू अहिले नै दिन सम्भव छैन। यो स्पष्ट छ कि मृत्युको संख्या धेरै बढी छ,” उनले म्याड्रिडमा पत्रकार सम्मेलनमा भने।

स्पेनमा सोमबार आएको बाढीमा २१० जनाभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ व्यक्ति अझै बेपत्ता छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका