काठमाडौं। आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
आज भएको खेलमा नेपालले कुवेतलाई हराउँदै दोस्रो जित निकालेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पच्छ्याएको कुवेत १३ औँ ओभरमा २२ रनमै अलआउट भयो । यससँगै नेपालले कुवेतमाथि १०८ रनको फराकिलो जित निकाल्न सफल भयो ।
नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् । युएईको अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।