जोडिनुहोस
  • होमपेज
  • तोलामै दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामै दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका