जोडिनुहोस
  • होमपेज
  • सडक खुलेको ३१ वर्षपछि सडक कालोपत्र

सडक खुलेको ३१ वर्षपछि सडक कालोपत्र

तनहुँ। व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ। सडक खुलेको ३१ वर्षमा कालोपत्र हुन लागेको हो।

संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि सडक कालोपत्र गर्न सुरु गरिएको हो। ​बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ। हालसम्म ८५० मिटर कालोपत्र भइसकेको छ।

मुकुन्देश्वरी पदमार्ग निर्माण
यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ। थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ। यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका