जोडिनुहोस
  • होमपेज
  • गण्डकीका पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौं। ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् ।

आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतमा उपस्थित गराएपछि फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने छ । मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका