जोडिनुहोस
  • होमपेज
  • शेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा

शेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ।

यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ। लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४।४६ अंक बढेर २८६० अंकमा कायम भएको छ।

२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ। सबै क्षेत्रगत सूचक बढेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options