काठमाडौं। भैरहवा क्षेत्रको मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।
बिहानैदेखि हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएका हुन् । बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन नसकेको छैन । यो समाचार तयार पार्दासम्म यो जहाजले कपिलवस्तुमाथिको आकाशमा १० फन्का लगाइसकेको छ ।