जोडिनुहोस
  • होमपेज
  • संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ ; मुख्यमन्त्री कार्की

संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ ; मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गरेर प्रदेश संरचनाको अधिकार र प्रभावकारिता बढाउन सकिने बताएका छन्। बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरूको छैठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गरे । यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरू सच्याएर तीन तहको संरचना आवश्यक छ कि छैन भन्ने अन्यौल पनि हटाउनुपर्ने बताए । उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार संविधान संसोधन अतिआवश्यक भएको र निर्वाचन प्रणाली लगायतयका विषय परिमार्जन तथा परिष्कृत गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश कानुन निर्माण र यसमा देखिएका समस्या, प्रदेश प्रदेशको कार्यगत अनुभव साटासाट र मुख्य न्यायाधिवक्ताको भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका