जोडिनुहोस
  • होमपेज
  • २२ किलो अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

२२ किलो अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

वीरगन्ज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २२ किलो ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुर बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेस सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका