
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
बैठक मध्यान्ह सवा १२ बजे कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदबारमा बस्नेछ ।





































