जोडिनुहोस
  • होमपेज
  • छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन लक्ष्य

छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन लक्ष्य

काठमाडौँ। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगमा रहेका मेसिनरी उपकरणको मर्मत र आवश्यक कच्चा पदार्थको व्यवस्थापन भएपछि सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा तयार पार्ने काम थालिएको हो।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अबको एक दुई दिनभित्र सिमेन्ट उत्पादन सुरु हुनेछ। उद्योगले दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। यद्यपि, विसं २०३३ मा जडान भएका पुराना मेसिनरीका कारण नयाँ उपकरण खरिद गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।

नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल र कर्मचारीलाई तलब व्यवस्थापन गर्न समेत चुनौती रहेको अवस्थामा नयाँ मेसिन खरिद गर्न कठिन भएको कर्णले बताए। उनले उद्योगका समस्या समाधानका लागि सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका