जोडिनुहोस
  • होमपेज
  • रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो ; श्रममन्त्री

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो ; श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् । आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।’

सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए। वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीका लागि केही व्यवस्थापन भएकाले आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको मन्त्री भण्डारीको भनाइ छ ।

‘मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापनाले मुलुकभित्रका रोजगारीको सम्भावनाहरूलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्नेछ’, उनले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help