जोडिनुहोस
  • होमपेज
  • बाढी पीडितलाई सघाउन काभ्रेको रोशी गाउँपालिकामा बजेट संशोधन

बाढी पीडितलाई सघाउन काभ्रेको रोशी गाउँपालिकामा बजेट संशोधन

काभ्रे। रोशी गाउँपालिकाले बाढी पीडितलाई सघाउन चालू आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बाढी पीडितलाई तत्काल सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट संसोधन गरी खर्चको व्यवस्थापन गरेको हो । गाउँसभाको १५औँ अधिवेशनले विपद् कोषमा दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ । रोशी गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो । यस्तै चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको छ । पालिका भित्र दुई हजार पाँच सय ४४ परिवारको खेतीबालीमा क्षति भएको छ ।

बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय भवन, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा क्षती पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका