जोडिनुहोस
  • होमपेज
  • पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छः आयोग

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छः आयोग

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

‘ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानून कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि उनले दिएको योगदान सधैँ कदरयोग्य रहेको जनाएको छ ।

मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका