जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।
‘उहाँलाई हिँजै ल्याएर परिसरको हिरासतमा हुनुहुन्छ। अनुसन्धानको आवश्यक काम आजदेखि सुरू हुन्छ,’ एसएसपी रजौरेले भने।
पोखराको सूर्यदर्शन सहकारी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए।
त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि रूपन्देही पनि लगिएको थियो।
लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ। यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो।