काठमाडौं। कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ।
काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो।
यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ।
काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले भन्छन् , ‘यो सुविधा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । अब कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ।’