काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोडसेडिङको अन्त्य गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताए ।
काठमाडौँमा आयोजना गरिएको जागरण सभाका बोल्दै उनले उनले १८ घण्टाको लोडसेडिङ अन्त्य गर्ने खाका प्रधानमन्त्री ओलीले गरेको बताए ।
उनले भने–‘देशमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । त्यसको अन्त्य गर्ने काम ओली प्रधानमन्त्री भएका बेला भयो, हाम्रै प्रधानमन्त्रीले लोडसेडिङ अन्त्य भएको हो । तर, काम गर्ने हामी जस चाही अरूले लिने गरेका छन् ।’
उनले काम प्रधानमन्त्री ओलीले गरे पनि जस अरूले लिएको गुनासो गरे । उनले ओली प्रधानमन्त्री भएका बेला देशमा उच्च आर्थिक बृद्धदर बढेको बताए ।