काठमाडौं। मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ ।
उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले जनाएका छ ।
तसर्थ उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइटमा नै अद्यावधिक गरिने आयोगले राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारी दिएको छ ।