जोडिनुहोस
  • होमपेज
  • एनपीएलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात, लाहिरूको सानदार ब्याटिङ

एनपीएलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात, लाहिरूको सानदार ब्याटिङ

काठमाडौं । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले सानदार विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा विराटनगर किङ्समाथि जनकपुरले ८ विकेटको जित दर्ता गरेको हो । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

जनकपुरका लागि अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले सानदार अर्धशतकीय इनिङ खेले । उनल बलमा रन जोड्दै नटआउट रहे । सो क्रममा चौका र छक्काको वर्षा गरे । उनी एनपिएलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् ।

एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् । लगातार २ विकेट गुमाउँमा जनकपुर धर्मराएको थियो । लगातार २ विकेट गुमाउँमा जनकपुर धर्मराएको थियो । कप्तान अनिल शाह नै आउट भए । उनी दोस्रो ओभरको अन्तिम बलमा ६ रन बनाउँदै आएका हुन् । ९ बल खेले तर, एक चौका मात्र प्रहार गर्न सके । त्यसअघि मार्की खेलाडीसमेत रहेका ओपनर आशिफ शेख शून्यमै आउट भएका थिए । आशिफले ३ बल खेले र शून्यमै आउट भएका हुन् । उनलाई क्रिस सोलले आउट गराएका थिए ।

तर, त्यसपछि लाहिरू र हर्ष ठाकरले इनिङ समहाले र जितसम्म पुर्याए । हर्ष २९ रनमा नटआउट रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए ।

त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए । विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका