कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो । उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए । ‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भने’, साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’ एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् । कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् । डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।