
काठमाडौं। सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्ध शतक बनाए । २४ बल सामना गरेका उनले ५७ रनको नटआउट पारि खेले ।