जोडिनुहोस
  • होमपेज
  • अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

काठमाडौं। संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ७ सय २५ मिलियन अर्थात् ७५ करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको छ ।

यो सहायता रकम ल्यान्डमाइनको दोस्रो किस्ताका साथै हवाई आक्रमण प्रतिरोधी संरचना निर्माण र गोलाबारुद बनाउन खर्च हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि युक्रेनलाई अर्बाैं डलरको सहायता प्रदान गरिरहेको छ ।

ट्रम्पले भने युक्रेनमा अर्बाैं रकम दिन नहुने बताउँदै आउनुभएको छ । यो सहायताका पनि उहाँले विरोध गर्नुभएको छ । ट्रम्पले शपथ लिन दुई महिनाभन्दा कम समयअघि अमेरिकाले युक्रेनलाई सहयोग गरेर ट्रम्पलाई सन्देश दिइरहेको रोयटर्सले जनाएको छ ।

विदेशमन्त्री एन्टनी ब्लिन्केनले यो प्याकेज रुसी आक्रमणको विरुद्ध आफूलाई बचाउन युक्रेन सक्षम छ भन्ने सुनिश्चित गर्ने प्रयासको हिस्सा भएको बताउनुभएको छ । वर्तमान अमेरिकी प्रशासनले युक्रेनलाई सकेसम्म धेरै सहायता दिन काम गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?