काठमाडौं। नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख आर्थिक सहयोग गरेको छ ।
अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले सो चेक हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै अध्यक्ष दाहालले विपतपछि उद्धार, राहत र पुनःस्थापनाको काममा आफ्नो पार्टीले सक्दो पहलकदमी गरेको बताए ।
अध्यक्ष दाहालले लाखौँ युवा प्रवासमा रहेकाले उनीहरूलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताए ।