जोडिनुहोस
  • होमपेज
  • जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन

जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन

जिल्ला अदालतको गेटमा न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन गरिएको छ । पीडित समीक्षा कोइरालाले न्यायाधीश अर्यालले बकपत्र समेत अपुरो गर्दिएको भन्दै पुत्ला दहन गरेकी हुन् । अन्तर्राष्ट्रिय लैंगिक हिंसा अन्त्यको १६ दिने अभियान चलिरहेकै समयमा एक पीडितले बकपत्रमै कैफियत गरिदिएको आरोप न्यायधिसमाथि लगाएकी छन् । घरभित्र अन्याय भएर अदालत आएको तर, अदालतले समेत अन्याय गरेको उनको गुनासो छ । न्यायधीशको पुत्ला दहन गरेकी उनले १३ दिनको कर्मसमेत गर्छु भनेर धम्की दिएकी छन् । ६ महिना अनसन बस्दा पनि बकपत्र पुरा गर्न नदिएर रातारात कैफियत तयार गरेर आफूमाथि अन्याय भएको उनले बताइन् । कोइराला दाङ जिल्ला अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेबाट बलात्कारमा परेको भन्ने आरोप छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका