जोडिनुहोस
  • होमपेज
  • वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् ।

यसलाई पनि कारण देखाउँदै तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् । रावलले सोडारीलाई समर्थन गर्नुभयो, तर विश्वासको मत दिनु भएन भनेर सोधेको थियो, ‘हाम्रो साथी बुवा स्वर्गीय भएर किरिया गरिरहनु भएको छ । हामीले त १ सिट थपिदिएका छौँ । तर विश्वासको मत लिन उहाँहरू हतार गर्नुहुन्छ ।’

उनका अनुसार भण्डारीको शपथ ग्रहणपछि मात्रै सोडारीलाई एमालेले विश्वासको मत दिने तयारी गरेको छ । वैशाख १५ को उपनिर्वाचनमा विजयी भण्डारी २५ गते बुवाको काजकिरिया सकेर त्यही दिन नभए २६ गते मात्रै धनगढी आउने कार्यक्रम छ ।

त्यसपछि भण्डारीले सांसद पदको शपथ ग्रहण गर्नेछन् । नेता रावलले आफूहरूसँग छलफल नगरी सोडारीले विश्वासको मत लिन लागेपछि गठबन्धनमा हलचल पैदा भए जस्तो देखिएको बताए । उनले भने, ‘हामीले प्रदेश सभा सदस्य बढाएर नै विश्वासको मत दिन लागेका हौँ। साथीहरूले हतार गरेर हुँदैन ।’ यता सोडारी पनि आफूहरूलाई एमालेलेबाट असहयोग गरेजजस्तो नभएको बताए । उनले भने, ‘हामी छलफलमा छौँ । सबैले सहयोग गर्नुभएको छ ।’ बझाङ प्रदेश सभा १ मा मा निर्वाचन जितेपछि अहिले एमालेको सिट सुदूरपश्चिममा ११ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका