जोडिनुहोस
  • होमपेज
  • बागमतीमा भौतिक पूर्वाधारमा विकासको लहर: मन्त्री मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन

बागमतीमा भौतिक पूर्वाधारमा विकासको लहर: मन्त्री मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन

काठमाडौं। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले एकैपटक चारवटा आयोजनाको उद्घाटन गरेका छन् ।

आज बिहीबार मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान–चकमके–उदयपुर कटारी सडक, लङ्गर खोला पक्की पुल, नेपाल रेकक्रश सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको उद्धघाटन गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्र्तगत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्र्तगत ४ करोड २२ लाख ९ हजार २६८ रुपैँया लागतमा ८.४० मिटरको पुल निमार्ण सम्पन्न भएको हो ।

यस्तै सिन्धुली–भिमस्थान–चकमके–कटारी सडक ९ करोड ५६ लाख ५१ हजार ९०४ रुपैँया लागतमा ३.७६ कि.मि सडक सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५ लाख लागतमा सम्पन्न भएको हो ।

सिन्धुलीको तीनपाटन गाँउपालिका बेलघारी बजारमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले प्रदेश सरकार निरन्तर जनताको मर्म अनुरुप काममा रहेको बताएका छन् । ‘हामी विकास निर्माणका काममा तल्लीन छौँ’ उनले भने । विकास निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री मास्केले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । ‘राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ’, उनको भनाई छ।

पूर्वाधार क्षेत्रहरू स्पष्ट गर्दै अबको पूर्वाधार विकासलाई सय वर्ष पछिसम्मको आवश्यकता हेरेर गुणस्तरीय निर्माण गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि र स्थानिय बासीको सहभागिता थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका