![मेरो बिहेको खबरले म आफै चकित छुः पल शाह](https://sagarmatha.tv/wp-content/uploads/2023/02/paul-shah-1-1.jpg)
काठमाडौं। अभिनेता पल शाहले आफ्नो विवाहको खबरले आफै चकित परेको बताएका छन् ।
शुक्रवार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त कुरा बताएका हुन् ।
उनको आफ्नो विवाहको खबरमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । उनले साथी भाइहरूको यस प्रकारको चिन्ता र चासोको कदर गर्दै उक्त खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन् ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’
अहिले सामाजिक सञ्जालहरूमा उनको विवाहको खबरहरू आइरहेका छन् ।