जोडिनुहोस
  • होमपेज
  • भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

चितवन। चितवनको राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो ।

तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो ।

यो पालिकाको वडा नम्बर २, ३, ७ र ११ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।

नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर १ र ५ को जग्गा नापी गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका