काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको छ ।
जिल्ला अदालतका न्यायाधीशले उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै थप ४ दिन म्याद थपेका हुन् ।
अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको थियो । तर, अदालतले ४ दिन मात्रै म्याद थप्यो ।
लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।