जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरभित्र रूखमा झिलिमिली र लहरे बत्ती राख्न नपाइने

काठमाण्डौ महानगरभित्र रूखमा झिलिमिली र लहरे बत्ती राख्न नपाइने

काठमाण्डौ महानगरपालिकाभित्र रूखमा झिलिमिली र लहरे बत्ती राख्न नपाइने भएको छ । काठमाण्डौ महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेसँगै रुखमा झिलिमिली बत्ति बाल्न नपाइने भएको हो ।

पछिल्लो समय घर, होटल तथा रेष्टुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने चलन बढ्दै गएको थियो । विभिन्न निकायले सडक छेउँका रुखमा पनि झिलिमिली बत्ति बालिरहेका छन् । अबदेखि कुनै पनि व्यक्ति वा संस्थाले सार्वजनिक र निजी जुनसुकै ठाउँका रूखमा पनि झिलिमिली र लहरे बत्ती प्रयोग गर्न नपाउने महानगरको कानून विभागका प्रमुख वसन्त आचार्यले जानकारी दिनुभएको छ ।

मापदण्डको दफा २ मा महानगरभित्रको सार्वजनिक ठाउाँ तथा निजी स्वामित्वमा रहेका रूख विरूवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न नपाइने उल्लेख । रुखमा लहरे र झिलिमिली बत्ति राख्दा चराचुरुङी डरले भाग्ने, जीवनचक्र नै विथोलिने, किरा फट्याङ्ग्रा भाग्ने, गाडी दुर्घटना बढ्ने र मानव स्वास्थ्यकै लागि हानिकारक हुने भन्दै अभियन्ताहरुले रुखमा झिलिमिली वत्ति बाल्न नहुने बताउँदै आएका थिए ।

बत्ती राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ । जात्रा पर्वको समयमा भने स्वीकृति नलिइकनै पनि रुखमा बत्ति राख्न पाइनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका