पोखरा। सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा लगिँदैछ।
कास्कीबाट पर्सा लग्न सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसकेको छ। उनी बुद्ध एअरको जहाज चढिसकेका छन्। उनलाई बुद्ध एअरको जहाजबाट काठमाडौं पु¥याएर त्यहाँबाट पुन बाराको सिमरा विमानस्थल हुँदै वीरगञ्ज लग्ने प्रहरीको तयारी छ।
गएराति नै पूर्वडीआईजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई पर्सा पु¥याइसकेको छ। सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो। त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।