जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्‍याइयो

रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्‍याइयो

पोखरा। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगञ्ज पुर्‍याइएको छ।

लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हो।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो।

लामिछाने गत कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका