जोडिनुहोस
  • होमपेज
  • चीनसँग भएको बीआरआईको फ्रेमवर्क सम्झौता अनुदानमा आधारित होः कांग्रेस

चीनसँग भएको बीआरआईको फ्रेमवर्क सम्झौता अनुदानमा आधारित होः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीनसँग भएको बीआरआईको फ्रेमवर्क सम्झौता अनुदानमा आधारित भएको बताएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारीका बारेमा छलफल भएको थियो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको दाबी गरे ।

प्रवक्ता महतले परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारमा अघि बढ्ने बताए । सर्तसहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने उनको भनाइ थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका