जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाइ भाट, यूएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेत दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७० पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रुपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका