जोडिनुहोस
  • होमपेज
  • एनपीएलमा लुम्बिनीको पहिलो जित

खेलकुद

एनपीएलमा लुम्बिनीको पहिलो जित

  • Sagarmatha TV
  • मङ्लबार, मंसिर २५, २०८१
एनपीएलमा लुम्बिनीको पहिलो जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित दर्ता गराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

१६८ रनको लक्ष्य बोकेर जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोजले २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १३४ रन मात्र बनायो । खेल लुम्बिनीले ३३ रनले जित्यो । जारी प्रतियोगितामा पाँचौं खेलमा आएर लुम्बिनीले जित हात पारेको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको पारी खेले । साद बिन जाफरले व्यक्तिगत ५२ रन बनाएर टोलीलाई राम्रो साझेदारी दिए । एक समय लुम्बिनीको धरमाराएको पारीमा रोहित र जाफरको योगदान उल्लेख्य रह्यो । ४९ रनमा चार विकेट गुमाएपछि लुम्बिनीको पारी संकटमा परेको थियो ।

ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा रिजन ढकालले एक रनमा आउट गरेका थिए । सोही ओभरमा रिजनले उन्मुक्त चन्दलाई खाता खोल्न दिएनन् । अर्जुन साउद १५ रनमा आउट भए । उनको विकेट रन्जित कुमारले लिए । टम मुर्सलाई कुशल मल्लले १० रनमा क्याच आउट गरेपछि लुम्बिनी दबाबमा आएको थियो । तर पाँचौं विकेटका लागि रोहित र सादले एक सय १४ रनको साझेदारी गर्दै सम्हाले ।

बलिङतर्फ चितवनका रिजन ढकालले तीन विकेट लिए । रञ्जित कुमार र कुशल मल्लले समान एक विकेट लिए ।

चितवनको ब्याटिङ सुरूआतदेखि नै कमजोर रह्यो । लुक बेनकेन्सटिनले सर्वाधिक ३१ रन बनाए भने कप्तान कुशल मल्लले २० रनको पारी खेले । रवि बोपाराले १२, सन्तोष कार्कीले १० तथा रिजन ढकाल र नर सार्कीले क्रमशः १५ र २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका रोहितले चार तथा रमोन सिमोन्ड्सले दुई विकेट लिए । साद बिन जाफर र अभिशेष गौतमले एक–एक विकेट लिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका