काठमाडौं। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरू भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूत नेपालीको सुनुवाइ सुरू भएको हो ।
समितिको बैठकमा बोल्दै समिति सभापति इश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया सुरू भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए । उनले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताए।
नेपालको संविधान बमोजिम संघीय संसद्, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भए पश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।