जोडिनुहोस
  • होमपेज
  • कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

सुर्खेत। कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडिबुटी निकासी भएको छ। प्रदेश वन निर्देशनालयका अनुसार जडिबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडिबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए। ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडिबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडिबुटी पाइन्छ। यसको उचित प्रयोग अब आवश्यक छ।’

जडिबुटीबाहेक वन क्षेत्रका काठदाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ। कर्णालीमा पाइने जडिबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाले बताउँदै आएका छन्। औषधिजन्य जडिबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय सञ्चालन गरेका छन्। तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ।

जडिबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ। निर्देशक कर्णले कर्णाली प्रदेशमा जडिबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए। ‘यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडिबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ। प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help