जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ३९ जनाको सजाय माफ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ३९ जनाको सजाय माफ

काठमाडौं। बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडनले अहिंसक अपराधका दोषी ३९ जना अमेरिकी नागरिकको सजाय माफ गरेका छन् । साथै बाइडनले जेलमा रहेका अन्य करीब १५ सय दोषीको सजाय पनि कम गरेका छन्।

ह्वाइट हाउसका अनुसार एकै दिन राष्ट्रपतीय क्षमादानको आदेश जारी गरिएको यो अहिलेसम्मकै ठूलो संख्या हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई महाभियोगका अतिरिक्त अन्य अपराधका लागि राहत वा क्षमा दिन सक्ने अधिकार प्रदान गरेको छ । पदमुक्त हुने वेला प्राय सबै अमेरिकी राष्ट्रपतिले आफ्ना निकटस्थ मानिसलाई मुक्ति दिलाउन यो अधिकारको व्यापक प्रयोग गर्ने गरेको पाइन्छ ।

यसै महिनाको प्रारम्भमा बाइडनले आफ्ना छोरा हन्टर बाइडनको सजाय पनि माफी दिएका थिए । आफ्नो छोरालाई माफी नदिने बताउँदै आएका बाइडनले कार्यकालको अन्त्यतिर भने यस्तो कदम चालेकोमा उनको चौतर्फी आलोचना समेत भएको थियो । यद्यपि बाइडनले आफ्नो छोरा विरुद्धको आरोप राजनीति प्रेरित भएको तर्क दिनु भएको थियो ।

अदालतले हन्टरलाई कर छली र बन्दुक सम्बन्धी अपराध गरी दुई वटा फौजदारी अभियोगमा दोषी ठहर गरिसके पनि सजाय सुनाउन भने बाँकी नै थियो । आगामी जनवरी २० मा बाइडेन पदमुक्त हुँदै हुनु हुन्छ भने सोही दिन डनल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका