जोडिनुहोस
  • होमपेज
  • कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न

कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीको सिद्धान्तमा प्रश्न उठाएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार बोल्ने क्रममा उनले कांग्रेसको सिद्धान्तमा प्रश्न उठाएका हुन् ।

‘नेपाली कांग्रेसको सिद्धान्त के हो रु हामी समाजवादी हौँ कि ‘सोसल डेमोक्र्याटिक’ हौँ रु,’ केन्द्रीय सदस्य घिमिरेले प्रश्न गरे, ‘आज बीपी जीवित हुनुभएको भए के समाजवादको रटान लगाइरहनुहुन्थ्यो ?’

कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्श मान्दै आएको छ । कांग्रेसको विधानको धारा २ ९१० मा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श हुन् ।’

कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी भएको जिकिरसमेत गरे । संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्ने नगरेको तर्क गर्दै घिमिरेले भने, ‘हामी र कम्युनिस्टबीचको अन्तर के हो रु कांग्रेसले पनि आफूलाई समाजवादी भनेपछि लगानी कसरी आकर्षित हुन्छ ? कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी नै हो ।’

उनले विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद नहुने पनि तर्क गरे । ‘विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद हुनसक्छ रु,’ घिमिरेको प्रश्न थियो ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond