जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ४ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ५ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • १0 मिनेटutes अगाडि
Originel Casino un peu 2026 Archivage Au top quinze En france
  • १0 मिनेटutes अगाडि
Vegas Hero Salle de jeu Review Partenaire & Player Ratings 2025
  • ११ मिनेटutes अगाडि
  • होमपेज
  • विकासको भाष्यमा नेकपा एमालेले तीन मुख्य काम गरेको भट्टराईको दाबी

विकासको भाष्यमा नेकपा एमालेले तीन मुख्य काम गरेको भट्टराईको दाबी

काठमाडौँ । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले विकासको मामलामा आफ्नो पार्टीले मुख्य तीन काम गरेको दाबी गरेका छन् ।

सोमबार सङ्घीय संसद्मा जारी नीति तथा कार्यक्रममाथिको दोस्रो दिनको छलफलमा बोल्दै सांसद भट्टराईले भने, ‘विकासको भाष्यमा नेकपा एमालेले मुख्य तीन काम गरेको छ । पहिलो नम्बर विकास निर्माण काम केन्द्रबाट हुँदैन व्यापक जनसहभागिता हुनुपर्छ भन्ने मान्यताका साथ एमालेले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अवधारणा अघि सार्‍यो । यसले विकास निर्माणको काममा व्यापक जनसहभागिता भयो र अहिले यसले राम्रो भएको छ ।’

त्यस्तै सामाजिक सुरक्षाका रूपमा वृद्ध भत्ता पनि एमालेले गरेको अर्को मुख्य काम भएको उनले बताए । वृद्ध भत्ताका बारेमा जोड दिँदै नेता भट्टराईले भने, ‘अर्को दोस्रो मुद्दा नेकपा एमालेले सामाजिक सुरक्षाको सुरुवात गर्‍यो र अहिले वृद्धवृद्धाहरुले भत्ता पाइरहेका छन् सामाजिक सुरक्षामा बाँधिएका छन् । अर्को तेस्रो पक्ष राज्यमाथि एकाधिकार हुनुहुँदैन सबैको समान र समन्यायिक अधिकार र जिम्मेवारी रहन्छ भन्ने भाष्य स्थापित गर्‍यौ’ भट्टराईले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्