जोडिनुहोस
  • होमपेज
  • काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए । यो जितसँगै काठमाडौंले ६ खेलबाट ६ अंक जोडेको छ । पराजित भएको पोखराको ४ अंक छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका