जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं। ललितपुर महानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । हरेक वर्ष पुस दुई गते महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

दिवसको अवसर पारेर महानगरले हिजो एक वर्ष भित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुङ्गेधारालगायत सांस्कृतिक र ललितपुरमहानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवम् संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो ।

महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरुलाई समेत चित्रमा समावेश छन् ।

ललितपुर महानगरपालिकाले अनधिकृत संरचना हटाएको, बाढीपहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढङ्गले हिँडडुल गर्नका लागि सडकमा हुने गाडी पार्किङ हटाइएको लगायत कामहरूलाई समेटिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका